३२ जना प्रहरी उपरीक्षक लाई वरिष्ठ उपरीक्षक बढुवामा सिफारिस

काठमाडाैं | असार २५, २०७९

३२ जना प्रहरी उपरीक्षक लाई वरिष्ठ उपरीक्षक बढुवामा सिफारिस

काठमाडौं:    गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ ।

 

आज शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिर गरेको हो ।


बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द रहेका छन् ।

 

यस्तो दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरबेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका छन् भने ३२औं नम्बरमा सिफारिस हुनेमा शारदाप्रसाद चौधरी रहेका छन् ।

 

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी डिल्लीराज बिष्ट पनि एसएसपी बढुवाको सूचीमा छन् । उनी १८औं नम्बरमा सिफारिसमा परेका हुन् । विष्टका ब्याजी सबै एसएसपी भइसकेका छन् ।

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्